बारा प्रहरीद्वारा दुई सय ४० किलो लागूऔषध गाँजा बरामद

रातोघर

 २०८१ भाद्र २६, बुधबार  मा प्रकाशित
२२९ पाठक संख्या


सिमराः बारा प्रहरीले दुई सय ४० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका–३ का ट्रक चालक २६ वर्र्षीय विज्ञान तिमल्सिना र सहचालक १८ वर्र्षीय बाबुकाजी परियार रहेका छन् ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना४ख २०६३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा १५ पोकामा दुई सय ४० किलो गाँजा बरामद भएकोे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र चेकजाँच गर्दा लागूऔषध गाँजा फेला परेको थियो ।

प्रकाउ परेका दुवैलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban