

वीरगञ्ज – पर्सा प्रहरीले विल विजक भन्दा बढी सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका २५ मा लु १ ख ७५३२ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गरेको थियो ।
जाँचको क्रममा वीरगञ्जबाट काठमाडौं जादै गरेको उक्त ट्रकमा लोड रहेको व्हिस्की र क्म्प्युटर माउस बिल बिजक भन्दा बढी रहेको पाइएको थियो। ट्रकमा लोड रहेको तीन करोड ९३ लाख ८८ हजार ६३१ बराबरको सामानसहित ट्रकलाई आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।





Write your Comment