

बि.पी.भट्ट । बारा र पर्सा जिल्लाको प्रवेस द्वार औधोगिक नगरी जितपुरसिमरा उपमहानगरपालिका वाड नं. ३ स्थित रहेको मधेश प्रदेशको एकमात्र ५ तारे होटल इच्छा परिसरमा यहि भाद्र २६ गते बाट मेघा मिलिएन क्यासिनो संचालन आएको छ ।
इच्छा होटलका अध्यक्ष इच्छा बहादुर वाग्ले र मेघा मिलियन क्यासिनोका प्रवन्ध संचालक नविन ढुंगानाले संयुक्त रुपमा केक काटेर क्यासिनोको उद्घाटन गरिएको थियो ।स्माइल मिनी क्यासिनो लाई विगत ६ महिना देखि निर्माण गरेर बृद्धिविकास गरी हाल निर्माण सम्पन्न भई मेघा मिलियन क्यासिनो नामले पुःन सञ्चालनमा ल्याईएको हो ।
नेपालको संघिय कानुन बमोजिम २०८१ साल असार मसान्त भित्र नेपाल सरकार पर्यटन विभागलाई क्यासिनोले तिर्न/बुझाउन बाँकी रहेको सम्पुर्ण राजस्व रकम चुक्ता गरि भाद्र २६ बाट मेघा मिलिउन क्यासिनो संचालनमा ल्याएको होटलका अध्यक्ष वाग्लेले बताए ।
रक्सौलबाट विरगञ्ज हुदैं आउने भारतिय पर्यटकको लागी मात्र २० मिनेटको दुरीमा रहेको इच्छा होटलको संचालनमा टेवा पुग्ने र भारतिय पर्यटकको प्रवद्र्धन र विस्तारका लागी बारा पर्सा क्षेत्रका सवै होटलको ब्याबसायमा वृद्धि आउने क्यासिनो संचालन ढुंगानाको दाबी छ । यस क्षेत्रको विकासमा सकरात्मक प्रभाव रहने र विदेशी मुद्रा आर्जनमा समेत देसलाई प्रत्येक्ष फाईदा हुने होटलका अध्यक्ष इच्छा वाग्लेले वताउनु भयो ।
साथै उक्त क्यासिनोबाट नेपाल सरकारलाई वार्षिक ३ करोड भन्दा बढि वार्षिक राजश्व प्राप्त हुने र निकट भविष्यमा नै क्यासिनोलाई पाँच तारे स्तरमा बृद्धि गर्नको लागी प्रकृया समेत अगाडी बढाईएको वाग्लेले जानकारी दिए । क्यासिनो पाँच तारेमा बृद्धि हुदाँ नेपाल सरकारलाई वार्षिक ७ करोड भन्दा बढि राजश्व प्राप्त हुने समेत वाग्लेले दाबी गरे ।
२१ करोड भन्दा वढीको लगानीमा सञ्चालन आएको उक्त क्यासिनोले भारतिय र नेपाली समेतको समन्वयमा मेघा मिलियन क्यासिनो संचालन गरिएको क्यासिनोका संचालक नविन ढुङ्गानाले बताए ।







Write your Comment