वीरगञ्जमा ट्यांकरको ठक्करबाट युवकको मृत्युः स्थानीयद्वारा सडक अवरुद्ध

रातोघर

 २०८१ भाद्र २९, शनिबार  मा प्रकाशित
२७९ पाठक संख्या


वीरगञ्ज – वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी ९आईसीपी०स्थित सडकखण्ड स्थानीयले अवरुद्ध गरेका छन्। बिहीबार ट्यांकरको ठक्करबाट वीरगञ्ज महानगरपालिका–१७ अलौ टोलका एक युवकको मृत्यु भएपछि मृतकका परिवार र स्थानीयले सडकखण्ड अवरुद्ध गरेका हुन्।

शुक्रबार बिहानैदेखि मृतकका परिवार र स्थानीयबासीहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका कारण उक्त सडकखण्ड भएर चल्ने मालबाहक सवारीसाधनहरु रोकिएका छन्। आईसीपी भन्सारबाट छुटेका मालबाहक सवारीसाधनहरु स्थानीयको प्रदर्शनका कारण सडक र आईसीपी भन्सारमै रोकिनु परेको छ।

बिहीबार आइसिपीस्थित सडकखण्डमा ना ६ ख ७५०३ नम्बरको ट्यांकरले ना २९ प ६९५१ मोटरसाइकललाई ठक्कर दिँदा वीरगञ्ज–१७ अलौंका २२ वर्षीय टिनुकुमार साह तुराहा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा अबेर राति उनको मृत्यु भएको थियो । आफन्त र स्थानीयले ट्यांकर चालकको लापरबाहीका कारण मृत्यु भएको भन्दै क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गरेका छन्। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban