जीतपुरमा आयोजना भएको गणेश चतुर्थी महोत्सव सम्पन्न

रातोघर

 २०८१ भाद्र २९, शनिबार  मा प्रकाशित
३३५ पाठक संख्या


श्याम गुप्ता

जीतपुरः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा आयोजना गरिएको गणेश चतुर्थी महोत्सव शुक्रबार सम्पन्न भएको छ । गणेश भगवानको मूर्तिलाई खोलामा सेलाएसंगै महोत्सव सम्पन्न भएको हो । श्री सिद्धिविनायक पूजा समिति जीतपुरको आयोजनामा भदौ २२ गतेदेखि शुरु भएको महोत्सव गणेश भगवानको मूर्तिलाई बागमति खोलामा सेलाएर सात दिने पूजा महोत्सव समापन गरिएको समितिका कोषाध्यक्ष मनोहर सोनीले जानकारी दिए ।

जीतपुर नगर परिक्रमा गरि धुमधाम का साथ पूजा स्थलबाट गणेश भगवानको बिसर्जन यात्रा जीतपुर स्थित केराढोका, मुख्य सड्क हुँदै गुदरी बजार, टेंढारोड, पहाडिटोललगायतको बिभिन्न स्थानमा यात्रा पूरा गरी सर्लाहीको बागमती खोलामा बिसर्जन गरिएको सोनीले जानकारी दिए ।बिसर्जन यात्रामा जीतपुरसिमराका सयौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।

गणेश भगवानलाई चढाईएको दुई सय ६१ किलोको लड्डु फुटाएर जीतपुरदेखि सिमरा, पथलैया, निजगढ र सर्लाहीसम्मका श्रद्धालुहरुलाई प्रसाद स्वरुप वितरण गरिएको समितिका अध्यक्ष श्रीराम साह कानुले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban