

जनकपुरधाम–महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिकअप चालक धादिङको धुनबेसी नगरपालिका–६ बस्ने ३० वर्षीय संजिप खत्री र सहचालक चितवनको खैरेनी नगरपालिका १ बस्ने १८ वर्षीय सुदिप अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
सोमबार राति करिब ८ बजेको समयमा रामगोपालपुर नगरपालिका–५ स्थित रामगोपालपुर चौकमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा एक क्विन्टल ५० किलो गाँजा बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।
बा प्र ०१—०२६ च १३३६ नम्बरको टाटा पिकअपलाई चेकजाँच गर्दा गाडीको पछाडि कालो निलो रंगको त्रिपालले छोपी फल्स सेसिंग बनाई सेलिंग भित्र रहेको १० वटा पोकाबाट गाँजा बरामद गरिएको प्रवक्ता जैसवारले बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।





Write your Comment