नवलपुरमा भारतीय बस दुर्घटना, २३ जना घाइते

रातोघर

 २०८१ आश्विन ८, मंगलबार  मा प्रकाशित
२७४ पाठक संख्या


पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं। १ स्थित विनयी खोलामा गए राति भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पीसी ३४४५ नम्बरको बस करिब राति २ बजे दुर्घटनामा परेको हो । नवलपुर प्रहरीले दिएको जानकारी अनुसार, चालकले नियन्त्रण गुमाउँदा बस पल्टिएको थियो। बसमा सवार सबै यात्रु भारतको राजस्थानका नागरिक हुन्।

घाइतेहरूको सूचीमा बृजमोहन शर्मा, डाखाँ शर्मा, रामफूल मिना, धनपाल प्रजापति, भुलीदेवी पण्डित, रमेश शर्मा, निर्मलादेवी शर्मा, हनुमान सहाय, मधुरादेवी शर्मा, प्रह्लाद शर्मा, बनवारी लाल शर्मा, मञ्जु शर्मा, बाबुलाल शर्मा, विष्णु अवतार शर्मा, मनफुली शर्मा, मुरजा शर्मा, सावित्रा शर्मा, गितादेवी शर्मा, शान्ति शर्मा, मुन्नादेवी शर्मा, रामस्वरुप शर्मा, गम स्वरुप मिना शर्मा, र कैलाश शर्मा रहेका छन्।

प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार घाइतेहरूको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक जानकारी अनुसार, बसमा ४० देखि ४५ जना यात्रु सवार थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban