७६ वटै जिल्लामा फैलियो डेंगु , बिरामीले टेकु अस्पताल भरिभराउ

रातोघर

 २०८१ आश्विन ९, बुधबार  मा प्रकाशित
२३४ पाठक संख्या


काठमाडौं स् पछिल्लो समय काठमाडौं उपत्यकालगायत अधिकांश जिल्लाहरूमा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ। हालसम्म मुलुकभर १२ हजार ६ सय ४४ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार यस वर्ष हुम्लाबाहेक ७६ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। डेंगु संक्रमण फैलिएसँगै अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। असोज सुरू भएयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ। बिरामीको चाप बढेपछि खालि प्यासेजमा राखेर संक्रमितको उपचार भइरहेको छ। अहिलेसम्म डेंगुको औषधि अथवा खोप नेपालमा उपलब्ध छैन। तर सुरुवाति लक्षणका आधारमा चिकित्सकले डेंगु निको पार्न सक्छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban