वीरगञ्जस्थित सरिसवा नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको शव भेटियो

रातोघर

 २०८१ आश्विन १५, मंगलबार  मा प्रकाशित
२६९ पाठक संख्या


वीरगञ्जस्थित सरिसवा नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको शव भेटिएको छ । गत आइतबार नदीमा हाम फालेर बेपत्ता भएकी बारा प्रसौनी गाउँपालिका–२ निवासी १६ वर्षीया राधिकाकुमारी दासको शब मंगलबार बिहान भेटिएको हो । उनको शव रानीघाटस्थित नदीको किनारमा भेटिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए । किशोरीले नदीमा किन हाम फालेको बारेमा अझै अनुसन्धान जारी रहेको भारतीले बताए ।

वीरगञ्जमा रहेको सरिसवा नदीमा आएको बाढीमा पुलबाट गत आइतबार बिहान किशोरी अचानक हाम फालेकी थिइन् । सोही दिन दिनभरी खोजी गर्दा पनि उनी भेटिएकी थिइन्न । सोमबार पनि सशस्त्र प्रहरीको टोलीले खोजी गरेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban