जनकपुरधाम उपमहानगर २४ का वडाध्यक्ष निलम्बनमा

रातोघर

 २०८१ आश्विन १५, मंगलबार  मा प्रकाशित
२८६ पाठक संख्या


जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका– २४ का वडाध्यक्ष निलम्बनमा परेका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीसहित तीनजना विरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार लिएको अरोपमा वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव ९शाखा अधिकृत० उपेन्द्र साहु तेली र अर्का एक व्यक्ति विजय मण्डललाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । आयोगका सहायका प्रवक्ता देवीप्रसाद थपलियाले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग साढे ४ लाख घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा वडाध्यक्षसहित तीनजनालाई पक्राउ गरेकोमा अनुसन्धानको सिलसिलामा तीनै जनाको आपसी मिलोमतो तथा योजनामा घर बाटो सिफारिस प्रमाणित गरी दिनका लागि सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएकाले वडाध्यक्ष र वडा सचिवसहित तीनैजना विरुद्ध मुद्दा दायर गरेको जनाएका हुन्।

वडाध्यक्ष र वडासचिवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूरमा साढे ४ लाख विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन र प्रतिवादी विजय मण्डललाई मुख्य कसुरदार उपेन्द्र सहनीसमेतले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरको मतियार भई भ्रष्टानचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा विजय मण्डललाई मुख्य कसुरदार उपेन्द्र सहनीसमेतलाई विगो साढे ४ लाख कायम गरी भ्रष्टारचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यास बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको सहप्रवक्ता थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban