बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लाग्यो

रातोघर

 २०८१ आश्विन १५, मंगलबार  मा प्रकाशित
२२९ पाठक संख्या


बलिउड अभिनेता तथा शिव सेना ९शिन्दे गुट०का नेता गोविन्दाको खुट्टामा गोली लागेको छ । उनलाई आफ्नै रिभल्भरले गोली लागेको हो। उनको तत्काल उपचार गर्न अस्पताल लगिएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ । गोविन्दालाई मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्दै गर्दा गल्तीले खुट्टामा गोली लागेको बताइएको छ ।

घटनाको समयमा उनकी श्रीमती घरमा नभएकी बताइएको छ। गोविन्दाका प्रबन्धकले भने,ुउनले आफ्नो लाइसेन्स प्राप्त रिभल्भर कभरमा राख्दै थिए, सोही समय रिभल्भर खुट्टामा खस्यो र गोली लाग्यो। डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ रहेको बताइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban