मधेसः मुख्यमन्त्री निवासअगाडि नर्सको धर्ना

रातोघर

 २०८१ आश्विन १६, बुधबार  मा प्रकाशित
२५८ पाठक संख्या


मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको आवासअगाडि नर्सहरु धर्नामा बसेका छन्। प्रदेश सरकारले सञ्चालन गरेको विद्यालय नर्स कार्यक्रमअन्तर्गत कार्यरत नर्सहरुले पटक–पटक सरकारसमक्ष समस्या राख्दा पनि सरकार गम्भीर नभएपछि धर्नामा बसेको बताएका छन्।प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमको लागि ४० लाख रुपैयाँ विनियोजन गरे पनि बजेट आभावको कारण देखाउँदै कार्यक्रम बन्द गरेपछि उनीहरुले मुख्यमन्त्री निवासअगाडि धर्ना दिएका हुन्।

मधेस सरकारले प्रदेशको प्रत्येक जिल्लाको १० वटा नमुना विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम लागु गरेपछि चार वर्षदेखि उनीहरु विद्यालयमा काम गर्दै आएका थिए। तर, यसपटक बजेट पुस्तिकामा सरकारले बजेट थोरै राखेको कारण देखाउँदै प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले कार्यक्रम बन्द गरेको हो। रौतहटकी पुनम साहले करिब डेढ वर्षदेखि प्रदेश सरकारले यस्तै गरेको बताइन्। उनले गत आवमा समेत बजेट छुटेपछि सरकारले रकमान्तर गरेर रकम दिएको र यो सरकार बनेको बेला आफूहरुले ज्ञापन पत्रसमेत बुझाएको बताइन्।

उनले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा रकमको व्यवस्था गर्ने भनेको भन्दै अर्थमन्त्री, शिक्षामन्त्रीलगायत विभिन्न दलका नेताहरुसँग समेत कुराकानी गर्दा आश्वास दिएको तर अहिलेसम्म सरकारले केही नगरेको बताइन्। उनले भनिन्, ‘न लिखित केही निकाल्नुहुन्छ, न म्याद थप गर्नुहुन्छ। मुख्यमन्त्रीजीले काम गर्न भनिराख्नुभएको छ तर शिक्षामन्त्री भन्नुहुन्छ काम नगर्नुस्।’ सप्तरीको विद्यालयमा नर्सको रुपमा काम गरेकी सबनम बेगमले गत आवमा पनि सरकारले धेरै दौडाएको भन्दै यो आवमा आफूहरुको म्याद थप नभएको बताइन्। उनले गत वर्षजस्तै बजेट नछुटोस् भनेर जेठमै मुख्यमन्त्रीलगायत मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएको बताइन्।

सबनमले मन्त्री, मुख्यमन्त्रीले गाडीमा करोडौँ रुपैयाँ खर्च गरेको तर नर्सहरुको लागि रकम छुट्याउन नसकेको बताइन्। उनले भनिन्, ‘एकातर्फ सरकारले बेटी पढाउ, बेटी बचाउ भनिरहेको छ, अर्कोतर्फ पढेलेखेको छोरीलाई रोजगारी दिनसकिरहेको छैन। खोइ त जागिररु यो कस्तो सरकार होरु कस्तो नीति होरु’

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban