

हिजो रातिबाट काठमाडौंबाट हेटौडा जाने पाँच वटा बैकल्पिक सडक र त्रिभुवन राजपथ मध्ये पाँच वटा सञ्चालनमा आएका छन् । कान्तिलोकपथ भने अझै सञ्चालनमा आएको छैन । बागमति प्रदेश सरकार र संघीय सरकारले हेटौडा–काठमाडौं जोड्ने बैकल्पिक सडक सञ्चालन गर्न उच्च प्राथमिकता दिँदै २४ सै घण्टा काम गरेका कारण अबरुद्ध चार वटा सडक आजबाट सञ्चालनमा आएका छन् । हेटौडाबाट भिमफेदी सिस्नेरी दक्षिणकाली हुँदै बल्खुसम्मको सडक सञ्चालनमा आएको छ । त्यस्तै, काठमाडौंको फर्पिङबाट फाखेल हुँदै कुलेखानी भिमफेदी हेटौडासम्मको सडक पनि सञ्चालनमा आएको छ ।
त्यस्तै, काठमाडौंको मातातिर्थ चखेल–महालक्ष्मी खोला हुँदै भिमफेदी र हेटौडा जोड्ने सडक पनि सञ्चालनमा आएको छ । उल्लेखित तीन वटा सडक बाहेक हेटौडा पालुङ कुन्छालबाट बज्रबाराही हुँदै मातातिर्थ जोड्ने सडक पनि सञ्चालन भइरहेको छ ।

सिस्नेरीमा सडक सञ्चालनको काम हुँदै
सबैभन्दा पहिले सञ्चालन भएको मातातिर्थ कुन्छाल पालुङ हेटौडा सडकमा अत्याधिक चाप रहेकोमा अब आजदेखि उक्त चाप घट्नेछ ।उल्लेखित यी चार वटा बाहेक त्रिभुवन राजपथ पनि सञ्चालनमा आएको छ । धादिङ–काठमाडौंको सीमा झ्याप्ले खोलामा डाइभर्सन बनाई उक्त सडक सञ्चालन गरिएकोले त्रिभुवन राजपथ पनि सञ्चालनमा आएको छ । मकवानपुर क्षेत्र नं २ का सांसद महेश बर्तौलाले आजबाट उल्लेखित चार वटै बैकल्पिक सडक र त्रिभुवन राजपथबाट यात्रा गर्न सकिने गरी आपतकालिन सडक सञ्चालनमा आएको बताए । सांसद बर्तौलाले आफू हिजै राति सिस्नेरी हुँदै सडकमार्गबाटै काठमाडौं फर्किर्एको बताए ।
उक्त सडकहरु मध्ये सबैभन्दा उत्तम कुन होला रु भन्ने सन्दर्भमा दक्षिणकाली सिस्नेरी र फर्पिङ फाखेल हुँदै भिमफेदी निस्केर हेटौडा–काठमाडौं गर्ने सडक सबैभन्दा उत्तम हुनेछ । मातातिर्थ पालुङ हुँदै जाने सडक केही लामो भएकोले छोटो र बैकल्पिक सडक खुलिसकेपछि अब लामो यात्रा गर्न आवश्यक छैन । यद्यपि डाईभर्सन गरिएको सडक खण्डमा भने सचेततापूर्वक र धैर्यतापूर्वक सवारी चलाउनुपर्नेछ ।






Write your Comment