उपमेयर अधिकारीको अपरिपक्ताः प्रयोजन र उदेश्यनैं नबुझी रेल्बेको जग्गा नापी गर्न खटाए कर्मचारी

रातोघर

 २१ आश्विन २०८१, सोमबार १७:१०  मा प्रकाशित
६४६ पाठक संख्या



बि.पी.भट्ट,सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर भोला प्रसाद अधिकारीले जग्गा नापी गर्नुको प्रयोजन र उदेश्यनैं नबुझी उपमहानगरपालिकाको कार्यालयबाट नापी अधिकृत खटाई रेल्बेको जग्गा नापी गराएका छन् ।

उपमेयरको निर्देशनमा सोमवार रेल्बेको जग्गा छुटाउनको लागि उपमहानगरपालिकाको नापी अधिकृत सुन्दर अधिकारी र वडा नं.१ को कार्यालयको अमिन निकेश राय यावदले दशधुरे क्षेत्रको जग्गा नापी गरेका थिए ।

हामीले उपमेयर अधिकारीलाई रेल्बेको अतिक्रम हटाउन खोजीएको हो? भनी सोध्दा उनले दशधुरेमा बस्ने स्थानियले रेल्बेको जग्गाको क्रसिङ्ग छुटाई दिन लिखित अनुरोध गरेकोले आफुले साँध सदियारहरु लाई बोलाई जग्गाको नापजाँच गर्नु भनी कर्मचारी खटाएको बताए ।

अधिकारीले के प्रयोजन र के उदेश्यको लागी रेल्बेको जग्गा छुटाउन स्थानियले अनुरोध गरेको हो त्यस बिषयमा आफु अनबिज्ञ रहेको बताए । उनले साँध सदियार उपस्थित हुन नसकेकोले आज नापी नभएको बताएका थिए । तर आंशिक रुपमा जग्गाहरुको नापजाँच भने गरिएको थियो ।

प्रयोजन र उदेश्यनैं नबुझी उपमहानगरपालिकाको कार्यालयबाट नापी अधिकृत खटाउनु उपमेयर अधिकारीले आफ्नो पदिय मर्यादाको ख्याल नराखी अपरिपक्ता प्रस्तुत गरेका छन् । यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ का जनप्रतिनिधी वडा सदस्यद्वय अमन लामा र राकेश सुब्बाले भने स्थानियहरुले पोलबाट बिजुलीबत्ती प्रसारण लाईनको लागी सिफारिस माग गरेको बताएका छन् ।

अन्य ब्यक्तिको निजी जग्गामा पोलको लागी सिफारिस गर्न नमिलेकोले रेल्बेको जग्गा र एैलानी जग्गाहरु खोज्नको लागी नापी गरिएको बताए । रेल्बे बिभागले रेल्बेको जग्गामा भएको अतिक्रमण हटाउन भनी राखेको अवस्थामा उपमहानगरपालिका आफैले पोलबत्तीको लागी सिफारिस गर्दा रेल्बेको जग्गाहरुमा अतिक्रमण बढ्ने देखिन्छ ।

२०६३ सालमा माओवादीले शान्ति शाहको नाममा रहेको ब्यक्तिगत निजी जग्गा कब्जा गरी सुकुम्बासी बस्ती बसालेको थियो । दशधुरेमा करिब ६० घरधुरी रहेका छन् ।



Write your Comment