सिमराका युवा ब्यवसायीहरुले सिमरा बिमानस्थल प्रमुख खत्रीलाई सम्मान सहित गरे विदाई

रातोघर

 २१ आश्विन २०८१, सोमबार १८:२२  मा प्रकाशित
४१९ पाठक संख्या



सिमरा । नेपाल नागरिक उड्डयन प्राधिकरण, सिमरा बिमानस्थलमा कार्यालय प्रमुख भई २०७९ साउन १२ गते कार्यालयमा हाजिर भएका कार्यालय प्रमुख सूर्य बहादुर खत्रीलाई युवा ब्यवसायीहरुले सम्मानको साथ बिदाई गरिएका छन् । ब्यवसायी राजन उप्रेती,सुदिप रिमाल,शिव श्रेष्ठ सहितका ब्यवसायीहरुले प्रमुख खत्रीलाई मायाको चिनो प्रदान गरि विदाई गरेका हुन् ।

प्रमुख खत्रीले करिब २६ महिना सिमरा बसाईको क्रममा सिमरा बिमानस्थलको विकास र विस्तारका लागि सबैसँग सुमधुर सम्बन्ध स्थापित गरी ऐतिहासिक कार्यहरु स्तरोन्नती, सौन्दर्यकरण र व्यवस्थापनका पक्षमा उल्लेखनीय कार्यहरु गर्नुभएको कुरा आम सरोकारवालाहरु लाई अनुभूति भएको भनी युवाहरुले सम्मानको साथ विदाई गरिएको थियो ।

प्रमुख खत्री पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा सरुवा भएका छन् । खत्रीले कर्तव्य पालनाको क्रममा उदाहरणी र प्रशंसनीय कार्यहरुले उहाँलाई थप सफलता प्राप्त भइरहने अपेक्षा र विश्वास राख्दै आफुहरुले सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना सहित विदाई गरेको सिमरा एयरपोर्ट क्यफेटेरियाका संचालक राजन उप्रेतीले बताए ।

Write your Comment