सिमरा बिमानस्थलका कार्यालय प्रमुख अधिकारीले कार्यभार सम्हाले लगतैं सरोकारवाला सँग गरे छलफल

रातोघर

 २३ आश्विन २०८१, बुधबार १६:४७  मा प्रकाशित
२६७ पाठक संख्या



सिमरा । नेपाल नागरिक उड्डयन प्राधिकरण, सिमरा बिमानस्थलमा कार्यालय प्रमुख भई आउनु भएका बिष्णु प्रसाद अधिकारीले मंगवारदेखी आफ्नो कार्यभार सम्हालेका छन् । उनले आफ्नो कार्यभार सम्हाले लगत्तै सरोकारवाला हरुसँग छलफल समेत गरेका थिए ।

बुधवार कार्यालयको सभाहलमा नेपाल प्रहरीका प्रतिनिधी,शसस्त्र प्रहारीका प्रतिनिधी, बुद्ध एयरका प्रतिनिधी,यति एयरका प्रतिनिधी,अग्नी नियन्त्रकका प्रतिनिधी, र रातोघर मिडियाका सञ्चालक तथा सिमरा एयरपोर्ट क्यफेटेरियाका संचालक राजन उप्रेती लगायतका सरोकारवालाहरु सँग वडादशैंको सुभकामना आर्दन-प्रदान,छलफल सहित परिचयात्मक कार्यक्रम सम्पन्न गरेका थिए ।

प्रमुख अधिकारी भैरहवा अन्तराष्ट्रिय विमानस्थल बाट सरुवा भई सिमरा विमानस्थलमा आएका हुन् । अधिकारीले सिमरा विमानस्थलमा यात्रुहरुको सहजता,सुरक्षा र स्तरोन्नतीमा आफुले सक्दो भुमिका खेल्ने बताएका छन् ।

Write your Comment