हात्तीको आक्रमणबाट बारामा एक वृद्धको मृत्यु

रातोघर

 २०८१ आश्विन २९, मंगलबार  मा प्रकाशित
३६७ पाठक संख्या


जंगली हात्तीको आक्रमणमा परेर सोमबार बाराको कोल्हवी नगरपालिकामा एक जना वृद्धको मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी कोल्हवी नगरपालिका–२ निवासी ६३ वर्षिय हस्त बहादुर ठोक्करको मृत्यु भएको हो।

बिहान सात बजेको समयमा नगरपालिका –२ स्थित पुरानो काँटाको उत्तर तर्फ भित्री जंगलमा घाँस काट्न गएका उनी घर नफर्किएपछि उनका आफन्त र स्थानीयले खोजतलास गर्दा मृत अवस्थामा भेटाएका थिए।

हात्तीको आक्रमणमा परी ठोक्कर बिहान साढे ११ बजे मृत अवस्थामा भेटिएको बाराका प्रहरी प्रवक्ता एवम् डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको सापकोटाले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban