मितेरी पुल नजिक गोली चल्यो, एसएसबीका जवानले चलाएको आशंका

रातोघर

 २०८१ आश्विन ३०, बुधबार  मा प्रकाशित
२४९ पाठक संख्या


नेपाल भारत सीमाक्षेत्र मितेरी पुल नजिक मंगलबार दिउँसो गोली चलेको छ । नेपाल भारत सीमाक्षेत्रको मितेरी पुलको दक्षिणतर्फ दिउँसो भुइँमा पड्किएको अवस्थामा बन्दुकको गोली ९खोका० फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले गोली चलाएको बताए पनि नेपालतर्फका सुरक्षा अधिकारीहरुले भने यसको पुष्टि गरेका छैनन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार गोलीको खोका बरामद भएको छ ।

तर, गोली नै चलाएको हो कि होइन भन्ने विषयमा भने अनुसन्धान भइरहेको उनले बताए। कवाडी सामान संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट लखेट्दै आएका भारतीय सीमा सुरक्षा बल एसएसबीका एक जवानले गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताएकी छन् ।

एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलालले बताइन् । गोली चलेपछि ती महिला र पुरुष नेपालतर्फ भागेको बताइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban