गढीमाई मेलामा खानेपानीको व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

रातोघर

 २०८१ कार्तिक ४, आईतबार  मा प्रकाशित
२८५ पाठक संख्या


बाराको महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेलामा शुद्ध खानेपानीको व्यवस्था गर्न खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले निर्देशन दिएका छन्।

शनिबार गढीमाई मन्दिरको दर्शन एवं मेला क्षेत्रको स्थलगत निरीक्षण गर्दै उनले अगामी मंसिर १ गतेदेखि लाग्ने मेलाको तयारीका बारेमा जानकारी लिएका थिए।

सो क्रममा मन्त्री यादवले मेलामा आउने दर्शनार्थीका लागि शुद्ध खानेपानी र सरसफाइको उचित व्यवस्था गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिए।

अघिल्ला मेलाहरूमा आएका खानेपानी र शौचालयको अभावसम्बन्धी गुनासोलाई समाधान गर्न यस पटक स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गरी समयमै उचित र भरपर्दो व्यवस्थाप मिलाउनसमेत उनले निर्देशन दिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban