रवि पक्राउको विरोधमा वीरगञ्जमा रास्वपाको र्‍याली

रातोघर

 २०८१ कार्तिक ४, आईतबार  मा प्रकाशित
३६५ पाठक संख्या


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा वीरगञ्जमा शनिबार र्‍याली निकालिएको छ।रास्वपा पर्साले वीरगञ्जको घण्टाघरबाट निकालेको र्‍याली माईस्थान, आदर्शनगर, गीता मन्दिर हुँदै पुनः घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागी भएका रास्वपाका कार्यकर्ताहरुले ‘भ्रष्टाचारी सरकार मुर्दावाद, राजनीतिक प्रतिशोध साध्न पाइँदैन, अधिनायकवाद चल्दैन, कानुनको गलत दुरुपयोग गर्न पाइँदैन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

र्‍यालीपछि कोण सभालाई सम्बोधन गर्दै रास्वापाका केन्द्रीय सदस्य डा। नन्दन यादवले तानशाह शसकहरुले पतनको समयमा यस्ता कार्यहरु गर्ने गरेको बताए। रवि लामिछानेलाई पक्राउ गरेर सरकारले आफ्नो नांगोपन देखाएको उनको भनाइ थियो।

यस्तै, रास्वपा पर्साका सभापति हरि पन्तले शब्दको जालमा खेलेर घुमाउरो बाटोले लामिछानेलाई पक्राउ गरिएको बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban