‘अन टेस्ट’ मोटरसाइकलमा ल्याउँदै गरेको २७ किलो गाँजा प्रहरी नियन्त्रणमा

रातोघर

 २०८१ कार्तिक ६, मंगलबार  मा प्रकाशित
२०८ पाठक संख्या


प्रहरीले बाराबाट अन टेस्ट मोटरसाइकलमा ल्याउँदै गरेको २७ किलो गाँजा पक्राउ गरेको छ । बाराको सुवर्ण गाउँपालिका–३ बतौरा नहरस्थित चेकजाँच गर्नेक्रममा उक्त परिमाणको गाँजा प्रहरीले पक्राउ गरेको हो ।

चेक जाँच गर्ने क्रममा कञ्चनपुरबाट बतौरातर्फ चलाई आउँदै गरेका ब्यक्ति प्रहरीलाई देखेपछि अन टेस्ट मोटरसाइकल छाडेर फरार भएका थिए ।

प्रहरीले मोटरसाइकलपछाडि बाँधेको बोराभित्रबाट दुई पोकामा रहेको २७ किलो गाँजा बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

गाँजा बरामद गरी आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको तथा फरार ब्यक्तिको खोजी कार्य भइरहेको उनले बताए ।

Write your Comment