पर्सा प्रहरीले ११ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझायो

रातोघर

 ८ कार्तिक २०८१, बिहीबार ११:३९  मा प्रकाशित
८४ पाठक संख्या



जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मितिमा फरार रहेका ११ जना प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला अदालत पर्सामा बुझाएको छ।अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका प्रतिवादीहरूमा किर्ते, जालसाजी, करकाप र बैङ्किङ कसुरका अभियुक्तहरू छन्।

प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा पर्सा जिल्ला, साबिक जयमंगलापुर वडा नम्बर ६ हाल जगरनाथपुर गाउँपालिकाका शङ्कर साह कानु, पानालाल साह कानु, अमर साह कानु, जलसाजी मुद्दामा श्रीकिसुन साह कानु, शिव नारायण साह कलवार, चोर्नीका शङ्कर महतो धानुक, रामबिलास राउत अहिर, राधिका देवी अहिर, रामअयोध्या राउत कुर्मी र रामअयोध्या राउत कुर्मी रहेका छन्।

साथै बैङ्किङ कसुर मुद्दामा राजेन्द्र प्रसाद कुर्मीलाई पनि पक्राउ गरिएको छ। प्रहरीले पक्राउ परेका सबैलाई पर्सा जिल्ला अदालतमा बुझाएको जानकारी दिएको छ।

Write your Comment