वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते

रातोघर

 २०८१ मंसिर ७, शुक्रबार  मा प्रकाशित
४२६ पाठक संख्या


मकवानपुरको हेटौंडा उपमहानगरपालिका अन्तर्गत चुरीयामाई मन्दिर नजिक शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस बिहान ९:२० बजे ब्रेक फेल भएर सडक छेउ खोलाको डिलमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा परेकामध्ये अधिकांश घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

यात्रुहरुको सुरक्षाका लागि उचित सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban