लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, ठाउँ-ठाउँमा प्रभातफेरी

रातोघर

 २०८१ मंसिर १०, सोमबार  मा प्रकाशित
४२५ पाठक संख्या


काठमाडौँ- लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ।

अभियान सुरुआतको दिन आज बिहान देशका धेरै जिल्लामा प्रभातफेरी आयोजना गरिएको छ।

लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि उक्त अभियान हरेक बर्ष सञ्चालन हुँदै आएको छ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ ।

तनहुँको व्यास नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुको दिन सोमबार प्रभातफेरी आयोजना गरिएको छ।

‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने नाराका साथ उक्त अभियान सुरु गरिएको हो ।

पर्साको वीरगञ्जमा पनि सोमबार बिहान प्रभातफेरी आयोजना गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban