आमाछोराको हत्या गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको दुर्गाभगवती गाउँपालिका–४ छतौनाका ४० वर्षीय मोहमद जनिफ रहेका छन्। उनलाई दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका जनिफले १२ चैत ०७७ मा दुर्गाभगवती गाउँपालिका–४ छतौना टोल बस्ने समरुद्दिन मियाँ कवारीकी श्रीमती २५ वर्षीया हुस्नेयारा खातुन र उनका छोरा दुई वर्षीय रेहानको हत्या गरेको प्रहरीको भनाइ छ।
हत्यापछि हुस्नेयाराको शव भुसको आगोमा जलाएको र रेहानलाई फालेर उनी फरार भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिए।
उनलाई कर्तव्य ज्यान कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको तथा अन्य प्रतिवादीहरुको खोजतलास भइरहेको रायले बताए।
Write your Comment