


सिमरा । “कलम पनि मेरै, बेल्चा पनि मेरै! सत्य लुकाउँछु, ठेक्का पकाउँछु! जीतपुरसिमरा उपमहानगरपलिकाले देखाएको खर्च शिर्षक विविध,खाना,खाजा नैं अबैंधानिक छ । आर्थिक नितिले विविध शिर्षकमा ठुलो रकम खर्च नगर्नु भन्छ । पालिका सञ्चालनमा आकस्मिक खर्च गर्नु परेको खण्डमा ब्यवहारिक हिसाबले थोरै खर्च गर्न सक्ने गरी मात्र विविध खर्चको शिर्षक दिएको हो । तर पालिकाले खाना,खाजाको नाममा १ रुपैंया पनि खर्च गर्न पाँउदैन ।
आ.ब.२०८०/०८१ को जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक गरेको विबिध,खाना खाजा खर्चको ४ करोड ४३ लाख खर्च भएर भुक्तानी भएको देखाएको छ । तर उपमहानगरपालिकाको एक स्रोतले आ.व. आ.ब.२०८०/०८१ मा विविध शिर्षकमा झण्डैं ८ करोड बराबरको खर्च भएको बताएको छ ।
लेखा नियन्त्रणको कार्यालय बाराका प्रमुख राधेश्याम गिरीले पालिकाले खर्च सार्वजनिक गरेर पादर्शित देखिएको भए पनि विविध,खाना,खाजामा यति धेरै रकम खर्च गर्नु अबैंधानिक छ,कानुन सम्वत नरहेको बताउँछन् । विडम्बना यति सम्म छ की जीतपुरसिमरा उपमहानगरपालिकाको पत्रकार नैं प्रवक्ता झैं आफ्नो चाप्लोसीको विकृती देखाउन तछाड मछाड गर्छन् । स्थानिय अन्य मिडियामा आएको समाचारलाई आफुले चलाएको मिडिया मार्फत खण्डन समाचार लेख्नु ब्यक्ति कर्मचारी रिझाउन गरिएको चाप्लुसीको प्रकाष्ट हो ।
पत्रकार नैं बिकृतीको बिरुद्धमा भन्दा पनि विकृतीको पक्षपोषणमा लागेका छन् यो निकैं दुभाग्य रहेको बुद्धीजिवीहरु तर्क गर्छन् । यदि समाचारमा तथ्य फरक आएमा सरोकार निकायले जानकारी गराएको खण्डमा समाचार प्रकाश भएको मिडियाले खण्डन समाचार निकाल्नु पर्छ ।
पत्रकार नैं ठेक्दार
जीतपुरसिमरामा पत्रकार, पत्रकार रहेन् ठेक्दार हुदैं गई रहेका छन् । यति बेला तपाई उपमहानगरपालिलकाको कार्यालय जानु भयो भने पत्रकारहरु कलम र डायरी बोकेर समाचार खोजी गर्दै गरेको देख्नु हुन्न । नक्कली सक्कली बिल,भरपाईको फाइल मिलाउँदै गरेको देख्नु हुन्छ । उपमहानगरपालिकाले पक्षपोषण गरी दिएका बजेटले गरेको कार्यक्रमको बिल भुक्तानीको लागी चाङ फाइल बोकेर हिन्दै गरेका देख्नु हुन्छ ।
जसले गर्दा ब्यक्ति,कर्मचारी रिझाएर मालदार धेरै भन्दा धेरै कार्यक्रम लिने प्रबृतीले यस भेगमा पत्रकारिता भन्दा पनि चाप्लुसीकारिता मौलाउँदै गएको छ । पत्रकार ठेक्दार बने देखि उसको पत्रकारिता त्यही समाप्त हुन्छ र उसले गर्ने हरेक समाचार विकृतीको विरुद्ध,जनताको बास्तविक समस्या तर्फ भन्दा पनि चाप्लुसी जन्य हुन्छ ।
पत्रकारको भूमिका बहुआयामिक छ । ऊ एक सूचना वाहक, समाजको पहरेदार, सरकारको आलोचक, र परिवर्तनको संवाहक पनि हो । पत्रकारको काम जति चुनौतीपूर्ण छ, त्यति नै सम्मानित र महत्वपूर्ण पनि मानिन्छ । पत्रकारले समाजमा आफ्नो अस्तित्व बचाउन पनि ठेक्दार बन्नु हुदैंन ।
पत्रकार के हो?
अमेरिकाको निर्वाचित राष्ट्रपतिले ४ बर्ष शासन गर्छ तर पत्रकारले सधैं शासन गर्छ । (ओस्कर वाइल्ड) तर यहाँ शासनको गुलामी गर्न खुलेआम सामाजमा नाङगिने गरी चाप्लुसीको पत्रकारिता गर्छन् ।





Write your Comment