पर्सामा पत्नीको हत्या अभियोगमा पति पक्राउ

रातोघर

 २०८२ अषाढ ९, सोमबार  मा प्रकाशित
१७५ पाठक संख्या


बिरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ मा पत्नीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति २३ वर्षीय सफिराजा मियाँ हुन्।

प्रहरीका अनुसार मियाँले असार ७ गते राति आफ्नै घरको सुत्ने कोठामा २१ वर्षीया पत्नी लालबीबी खातुनको घाँटी थिची हत्या गरेका हुन्।प्रहरीले घटनापछि मियाँलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जानकारी प्रहरी प्रवक्ता किशोर लम्सालले दिएका छन्।

प्रारम्भिक अनुसन्धानमा पतिपत्नीबीच लामो समयदेखि बोलचाल नभएको र त्यही कारण विवाद भएर हत्या भएको देखिएको प्रहरीले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban