एसईई २०८१ को नतिजा असार तेस्रो साताभित्र सार्वजनिक हुने

रातोघर

 २०८२ अषाढ ९, सोमबार  मा प्रकाशित
२७९ पाठक संख्या


सिमरा — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८१ को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले यसअघि असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने योजना बनाए पनि शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलाइ हुँदा प्रक्रिया प्रभावित भएको हो।

परीक्षा नियन्त्रक डा। गणेशप्रसाद भट्टराईका अनुसार शिक्षकहरूले चैत २० देखि वैशाख १७ गतेसम्म गरेको आन्दोलनले उत्तरपुस्तिका परीक्षण ३२ दिन ढिलो भएको छ। “३२ दिनको ढिलाइलाई १० देखि १६ दिनमा झार्ने प्रयासमा छौं,” भट्टराईले बताए। हाल अंक इन्ट्रीको काम जारी छ।

यस वर्ष चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए। नतिजा ढिलाइका कारण कक्षा ११ को भर्ना प्रक्रिया पनि पछि धकेलिने भएको छ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार असार ६ गतेभित्र नतिजा प्रकाशन, असार २२ गतेभित्र पुनर्योग आवेदन, साउन १२ गते पुनर्योगको नतिजा, साउन १९–२० मा पूरक परीक्षा र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा सार्वजनिक गर्ने भनिएको थियो। तर अब उक्त तालिकामा समेत परिमार्जन हुने देखिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban