मान बहादुर खत्रीको निधनले अझैं सोकमा छ नगरवासी

रातोघर

 २०८२ अषाढ ९, सोमबार  मा प्रकाशित
७५२ पाठक संख्या


सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ का अध्यक्ष तथा नगरका प्रवक्ता भोज बहादुर खत्री(ईश्वर) र भाई प्रकाश खत्रीको बुवा मान बहादुर खत्रीको निधन भएको आज सोमबार ९औं दिन हो । उहाँको स्मृतिमा रातो घर मिडिया प्रा. लि.,सिमरा बाराका सञ्चालक सुदिप रिमाल सहित पूरै मिडिया परिवारले गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

त्यहाँ पुग्दा पुरै उपमहानगरवासी अझैं सोकमा छन् भन्ने महशुस गराएको छ । मृतक आत्माको चिरशान्तिको कामना गर्न आउनेको भिड ९ औं दिनसम्म पनि उस्तै छ । खत्री परिवारको आफ्ना आफन्त सुभचिन्तक देखि उपमहानगरका विभिन्न संघसंस्थाका ब्यक्तिहरु समेत आउने जाने क्रम अझैं घटेको छैन ।

“आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।
इन्द्रे बिन्ती गरुन् झुकेर पाउमा त्यो बिन्ती मान्दैन त्यो।।”
यिनै गहकिला पंक्तिहरू झैँ, जीतपुरसिमरा उपमहानगरपालिका–४ का एक सक्रिय, सरल र सादगीपूर्ण व्यक्तित्व मान बहादुर खत्री (केसी) अब हामीबीच रहनु भएन। वि.सं. २०१५ साल माघ ५ गते जन्मिनु भएका खत्रीको २०८२ साल असार १ गते निधन भएको खबरले राजनीतिक, सामाजिक र पारिवारिक वृत्तलाई स्तब्ध बनाएको छ ।

Write your Comment