


कलैया, बारा — कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७४९ रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। सोमबार कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित १५औँ नगरसभामा उक्त बजेट सार्वजनिक गरिएको हो।
उपमहानगरपालिकाकी उपप्रमुख रोशन प्रविणले नीति, कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेकी थिइन्। नगर प्रमुख बिनोद साहको अध्यक्षतामा सम्पन्न नगरसभामा नगर कार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नरोत्तम अधिकारीले र स्वागत प्रमुख प्रशासकीय अधिकृत नाथु साहले गरेका थिए।
बजेटका मुख्य श्रोतहरूमध्ये नेपाल सरकारबाटस्
समानीकरण अनुदानस् २४ करोड ९२ लाख
सशर्त अनुदान ९चालु०स् ५६ करोड ६७ लाख
सशर्त अनुदान ९पुँजीगत०स् १० करोड ९० लाख
समपूरक अनुदानस् ९९ लाख
विशेष अनुदानस् २ करोड ६५ लाख
राजस्व बाँडफाँडस् ७३ लाख ५४ हजार ४६० रुपैयाँ
प्रदेश सरकारबाटस्
समानीकरण अनुदानस् १ करोड ७७ लाख ४६ हजार
राजस्व बाँडफाँडस् १ करोड ४० लाख १६ हजार ४४० रुपैयाँ
त्यस्तै, स्थानीय राजस्व बाँडफाँड ८ करोड, आन्तरिक श्रोतबाट ४४ करोड ३९ लाख ७० हजार ८३९ रुपैयाँ र जनसहभागिता मार्फत ३० लाख रुपैयाँ रहेको उपप्रमुख प्रविणले जानकारी दिइन्।





Write your Comment