प्रतिनिधिसभामा समितिले उठेका सबै भावनालाई समेटेको दाबी

रातोघर

 २०८२ अषाढ १०, मंगलबार  मा प्रकाशित
१४३ पाठक संख्या


काठमाडौं — प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै छानबिन समितिका प्रतिनिधिले सदनमा उठेका सबै सांसदहरूको भावना र चिन्तालाई समेटेर समिति गठन गरिएको दाबी गरेका छन्।

सरकारले हिजो पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा अध्यागमनसम्बन्धी समस्या छानबिन गर्न समिति बनाउने निर्णय गरेको थियो। बैठकमा समितिका प्रतिनिधिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा कुनै असर नपर्ने गरी समिति गठन गरिएको स्पष्ट पारे।

‘समस्या छ भन्ने सबैलाई थाहा छ,’ उनले भने, ‘यो व्यक्तिगत विषय होइन। दीर्घकालीन समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको छ। उठेका सबै विषयलाई समेटेर कार्यादेश र समिति बनेको हो।’

उनका अनुसार समितिले अध्यागमनमा देखिएका समस्या समाधान गर्न सक्ने सुझावसहित प्रतिवेदन तयार पार्नेछ। समितिका लागि ९ बुँदे कार्यादेश तयार गरिएको पनि उनले जानकारी गराए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban