पर्सामा अवैध सवारी कर असुली गर्ने ३ जना नियन्त्रणमा

रातोघर

 २०८२ अषाढ १०, मंगलबार  मा प्रकाशित
३०४ पाठक संख्या


बारा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा भएको छड्के अनुगमनका क्रममा पर्सामा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जना नियन्त्रणमा लिइएका छन्।

मुख्यमन्त्री सिंह सोमवार ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको अनुगमनका क्रममा भारतबाट भित्रिने विशेषगरी भारतीय नम्बर प्लेट भएका सवारीसाधनहरूमाथि तोकिएको भन्दा बढी कर असुली भइरहेको भन्ने गुनासो बढेपछि स्थलगत अनुगमनमा निस्किएका थिए।

ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएका अस्थायी ढाट ९टोल नाका० मा अवैध असुली भइरहेको पाइएपछि ती तीन जनालाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ।

मुख्यमन्त्री सिंहले अवैध असुली जस्ता गतिविधिमाथि प्रदेश सरकार शून्य सहनशीलताको नीतिमा रहेको स्पष्ट पार्दै यस्ता कार्य दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban