रौतहटमा दुःखद घटना स् सेफ्टी ट्यांकीमा खसेर दुई नाबालकको ज्यान गयो

रातोघर

 २०८२ अषाढ ११, बुधबार  मा प्रकाशित
१७५ पाठक संख्या


रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–१० निबुवा टोलमा मंगलबार साँझ भएको दुःखद घटनामा दुई नाबालकले ज्यान गुमाएका छन्। खेल्ने क्रममा उनीहरू स्थानीय हृदय पासवानको घरको शौचालय नजिकै रहेको सेफ्टी ट्यांकीमा खसेका हुन्।

मृत्यु हुनेमा एक वर्षीय रञ्जे साह (गरिमा साहका छोरा) र एक वर्षीया खुश्बु साह (जगदीश साहकी छोरी) रहेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार बालबालिका साँझ करिब पौने ८ बजे दुर्घटनामा परेका थिए।

स्थानीयले तत्काल उद्धार गरी सरकारी अस्पताल चन्द्रनिगाहपुर पुर्‍याए पनि चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban