माधवकुमार नेपाल विशेष अदालतमा हाजिर

रातोघर

 २०८२ अषाढ ११, बुधबार  मा प्रकाशित
१६१ पाठक संख्या


काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा हाजिर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी बुधबार विशेष अदालत पुगेका हुन्।

नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। अख्तियारले गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले म्याद तामेलीपत्र पठाएको थिएन भने उनले सार्वजनिक चर्चाबाट मुद्दाबारे जानकारी पाएर अदालतमा आफैं उपस्थित हुने सुविधा उपयोग गरेका हुन्।

विशेष अदालतले बिहान ११ बजेभित्र मुद्दाको पहिलो पेसी सूची प्रकाशन गर्ने चलन छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban