


काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले सफाइ दिएको छ। रौतहटको बम विस्फोट तथा हत्या प्रकरणमा आलमलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो। तर,उच्च अदालतले सो फैसला उल्ट्याउँदै सफाइ दिएको हो।
गत जेठ १४ गते न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहित चार जनालाई सफाइ दिएको थियो। अदालतले बम विस्फोट भएको पुष्टि हुने प्रमाण नभएको, शव इँटाभट्टामा जलाइएको पुष्टि नभएको र साक्षीका बयानहरू अविश्वसनीय देखिएको निष्कर्ष निकालेको हो।
पूर्णपाठमा भनिएको छ, “विस्फोटको घाइते भनिएका पिन्टु ९त्रिलोक प्रताप सिंह० र ओसी अख्तरलाई ट्रयाक्टरमा हालेर इँटाभट्टामा जलाएको भन्ने आरोप पुष्टि हुने ठोस प्रमाण पेस हुन सकेन।” साथै, विधि विज्ञान परीक्षणबाट पनि यस्तो आरोप पुष्टि हुन नसकेको अदालतको ठहर छ।
उच्च अदालतको फैसलापछि आलम र अन्य तीन जना — मोहम्मद महताव आलम, शेख सेराज ९शेष सराज० र बद्री सहनी — रिहा भइसकेका छन्। अदालतले नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर गरेको छ।





Write your Comment