रौतहटको मर्यादपुरमा छुरा प्रहार, एक युवक घाइते

रातोघर

 २०८२ अषाढ १२, बिहिबार  मा प्रकाशित
३५७ पाठक संख्या


रौतहट,मुकेश कुमार साह । रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा छुरा प्रहार हुँदा एक युवक घाइते भएका छन्। बिहीबार बिहान करिब ६ बजे मर्यादपुर चोकमा विवादपछि भएको घटनामा ३० वर्षीय रामबहादुर राय यादव छुरा प्रहारबाट घाइते भएका हुन्। उनी स्थानीय मोहन राय यादवका छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर नगरपालिका–२, शीतलपुर निवासी ३० वर्षीय सुजित राय यादवले रामबहादुरको छातीमा छुरा प्रहार गरेका थिए।प्रहरी प्रवक्ता डीएसपी दीपक रायले घटनापछि आरोपी सुजितलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा विवादका क्रममा सुजितले पहिल्यै साथमा बोकेको चक्कु प्रयोग गरेको खुलेको छ। घाइतेको उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban