

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ मा फोहोर प्रशोधन केन्द्रको उद्योग राख्ने बिषयले उब्जिएको विवाद उत्कृषमा पुगेको छ । शनिवार औराहाको शिवमन्दिरमा स्थानियले आफुहरुलाई जानकारी नदिई बस्तीको नजिक फोहोर प्रशोधन केन्द्र राख्न खोजेको बिषयमा ध्यानकर्ष गराउँदै जनप्रतिनिधीहरु लाई बोलाएर छलफल गरेका थिए । छलफलमा आएका वडा नं.४ र वडा नं.१४ का स्थानियहरुले जनप्रतिनिधीको भुमिका प्रति आक्रोश सहित आफ्नो भनाईहरु राख्दै थिए ।
स्थानियहरुले आफ्नो धारण प्रस्तुत गरेपछि जनप्रतिनिधीहरुले जवाफ दिने क्रम सुरु भयो । प्रदेश सांसद देवनारायण चौधरीले आफ्नो भनाई राखेर अर्को कार्यक्रममा सहभागि हुनु छ भन्दै त्यहाँबाट बाहिरीका थिए। वडा नं.४ का वडाअध्यक्ष भोज बहादुर खत्री(ईश्वर)ले सम्बोधन गरी सकेपछि उद्घोषक तथा प्रशोधन केन्द्र स्थापनाको विपक्षीमा बनेको जनसरोकार समितिको संयोजक समेत रहेका विनोद सापकोटाले उपमेयर भोला अधिकारीको हातमा माईक थमाई दिए । अधिकारीले बोल्न सरु गरेको केही समय त्यहाँको अवस्था सामान्य बन्दै गई गरेको थियो ।
उपमेयरले आफ्नो मन्तब्य सम्बोधन गर्दैगर्दा केही स्थानियले विरोधको आवाज निकाल्दै गरेका थिए । त्यतिकैंमा अधिकारीले यदि तपाईहरुले घरबाटै निर्णय गरेर आउनु भएको भए यो छलफलको औचित्य छैन भन्दै आफ्नो सम्बोधन अगाडी बढाई रहेका थिए । केही समयपछि फेरी अधिकारीले उक्त शब्द दोहोराउँदै गर्दा एक्कासी विरोधको आवाजहरु आगोको झिल्को सल्किएझैं भयो ।
उपमेयरको अविब्यक्ती सुनेर उनकैं पार्टीका ब्यक्तिहरुनैं बढी आक्रोशित बनेका थिए । छलफलकैं क्रममा हानाहानको स्थिती हुने भएपछि उपमेयरले बोल्दा बोल्दै बिचमैं आफ्नो सम्बोधन रोकेका थिए । मेयर राजन पौडेलले बोल्न नपाउँदै छलफलमा आएका जनप्रतिनिधी र स्थानियहरु तितर–वितर हुन पुगेका थिए । कुनै निर्णयमा पुग्न नपाउँदै छलफल बिचमैं रोकिएको थियो ।










Write your Comment