कतारमा प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपतिबीच औपचारिक भेटवार्ता, आपसी सम्बन्ध विस्तारबारे छलफल

रातोघर

 २०८२ अषाढ १५, आईतबार  मा प्रकाशित
३२५ पाठक संख्या


दोहा, कतार । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा.फिलिप एम. पाङ्गोबीच कतारको राजधानी दोहामा औपचारिक भेटवार्ता सम्पन्न भएको छ ।

संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित ‘विकासका लागि वित्त’ (Financing for Development) शीर्षकको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गर्ने क्रममा प्रधानमन्त्री ओलीको कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा तान्जानियाका उपराष्ट्रपतिसँग भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग, द्विपक्षीय हितका विषय र भावी सम्भावनाहरूका विविध आयामहरूबारे गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी रहेको थियो । यस प्रकारको उच्चस्तरीय संवादले नेपाल र तान्जानियाबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban