रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

रातोघर

 २०८२ अषाढ १६, सोमबार  मा प्रकाशित
२२७ पाठक संख्या


काठमाडौँ, असार १६ —
रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते (सोमबार)  उपनिर्वाचन हुने भएको छ।

निर्वाचन आयोगले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का सांसद दीपक बोहोराको निधनपछि उक्त क्षेत्र रिक्त रहेको थियो।

२०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट विजयी भएका बोहोराको चैत १९ गते काठमाडौंमा निधन भएको थियो। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गरिने जानकारी दिएका हुन्।

यसअघि रिक्त रहेको क्षेत्रका लागि राजनीतिक दलहरूले उम्मेदवार छनोटको प्रक्रिया थालेका छन्। अबको केही दिनमा दलहरूको रणनीति र प्रतिस्पर्धाको आकृति स्पष्ट हुँदै जानेछ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban