जगदम्बा स्टिलको भट्टिमा आगो लाग्दा देशभर तरंग, भ्रामक प्रचार प्रति उद्योगको ध्यानाकर्षण

रातोघर

 २०८२ अषाढ १९, बिहिबार  मा प्रकाशित
४७९ पाठक संख्या


सिमरा, बारा । जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल लिमिटेडको सि.सि.एम. प्लान्टमा बुधबार राति आगलागी भएको थियो । राति करिब ९ः१५ बजे ३० टन क्षमताको भट्टिमा कच्चा पदार्थ पगाल्ने क्रममा अचानक आगलागी भई पड्किन गएको कम्पनीले जनाएको छ । उक्त घटनामा भारत बिहार राज्य, समस्तीपुर निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका थिए । उनको बिरगञ्ज स्थित एल.एस. न्युरो अस्पतालमा उपचार भई रहेको छ । त्यस बाहेकको कुनै मानवीय क्षति नभएको भनी कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै घटना बारे जानकारी दिएको छ ।

घटनामा कुनै किसिमको मानवीय क्षति नपरे भएता पनि उक्त घटनाले ठूलो मात्रामा भौतिक क्षति पुर्याए कम्पनीले विज्ञप्ती मार्फत भनेको छ । आगलागीको कारण खुल्न बाँकी रहेकाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको समेत कम्पनीले जानकारी दिएको छ ।

यसै सन्दर्भमा कम्पनीले घटनालाई लिएर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट र भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता संवेदनशील विषयमा अधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार प्रकाशन नगर्न सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई कम्पनीले आग्रह समेत गरेको छ।

कम्पनीले दुर्घटनाबाट सिर्जना भएको असहज वातावरणप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमित भएर पुष्टि भएको सूचना मात्रै प्रयोग गर्न अपिल गरेको छ । जमिन गर्किएर ठुलो आवाज सहित विस्पोट हुदाँ स्थानिय त्रसित भई सयौं स्थानियहरु जगदम्बा उद्योग पुगेका थिए । त्यहाँ अधिकांश ब्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत लाईभ गरेर अपुष्ट अपडेट दिएका थिए । जसले गर्दा देशभर ठुलो मानविय क्षति भएको सन्देश गएको थियो । यता बुधवार रातिनैं घटनास्थल पुगेका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले छोटो प्रतिक्रिया दिदै घटनामा ठुलो मानविय क्षती नभएको भनी बताएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban