नेपाल यु-१६ क्रिकेट: फाइनलमा सिंगापुरसँग भिडन्त

रातोघर

 २०८२ अषाढ २१, शनिबार  मा प्रकाशित
२८० पाठक संख्या


काठमाडौं, असार २१ –
मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा आज नेपाल र सिंगापुर आमनेसामने हुँदैछन्। खेल शनिबार बिहान ७:४५ बजे मलेसियाको बांगीस्थित मैदानमा हुनेछ।

नेपाल सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो भने, सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो।

नेपाल प्रतियोगितामा अहिलेसम्म अपराजित छ। समूह चरणमा नेपालले सिंगापुर, जापान, इन्डोनेसिया र भुटानलाई ठूला अन्तरले हराएको थियो।
पहिलो खेलमै सिंगापुरलाई ६ विकेटले हराएको नेपाल फाइनलमा उपाधि जित्ने लक्ष्यसहित उच्च मनोबलमा मैदानमा उत्रनेछ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban