

सर्लाही, असार २१ –
जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको छ।
उनीमाथि जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई लुटेरा भन्ने अभिव्यक्तिका कारण आपराधिक उपद्रवको अभियोगमा पुर्जी जारी गरिएको हो। यादवले व्यापारीहरूमाथि प्रहरीद्वारा ज्यादती भएको आरोप लगाउँदै बिहीबार एसपी खड्कालाई फोन गरेर विवादास्पद शब्द प्रयोग गरेका थिए।
घटना सम्बन्धी अडिओ सार्वजनिक भएपछि विषय थप चासोको विषय बनेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, मधेस प्रदेश प्रहरीलाई आवश्यक कानुनी कारबाही अघि बढाउन निर्देशन दिइएको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले विषयमा कानुनी प्रक्रिया अगाडि बढिसकेको बताएका छन्।





Write your Comment