थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरी सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रातोघर

 २०८२ अषाढ २२, आईतबार  मा प्रकाशित
६०९ पाठक संख्या


मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्लाको थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार सम्बन्धी आरोपपत्रमा पुरीसहितका व्यक्तिहरूले ट्रेडर्स प्रा.लि. नामक कम्पनीमार्फत अनुचित लाभ लिँदै राज्यलाई आर्थिक हानी पु¥याएको ठहर गरिएको छ ।

अनुसन्धानका क्रममा ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको, सरकारी स्रोत तथा साधनको दुरुपयोग गर्दै निजीतर्फ लाभ लिएको पुष्टि भएको आयोगले जनाएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार सो कार्यले राज्यलाई लाखौं रुपैयाँको क्षति पु¥याएको बताइएको छ ।

हरिलाल पुरी आ.व. २०७९/८० मा थाहा नगरपालिकाबाट सरुवा भई बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा करिब ७ महिना कार्यरत हुन पुगेका थिए ।

पुरीले जीतपुरसिमरामा कार्यरत रहँदा पनि काम कारबाहीमा गम्भीर विवाद र आरोपहरू खेप्नु परेको थियो । स्थानीय स्तरमा चासोको विषय बनेका उनका निर्णयहरू विरुद्ध एक दर्जनभन्दा बढी उजुरी परेको र तीमध्ये अधिकांश मुद्दाहरू अहिले पनि विभिन्न चरणमा रहेका छन्।

अख्तियारले उठाएको पछिल्लो मुद्दाले पुरीको प्रशासनिक कार्यशैलीप्रति उठ्दै आएको प्रश्नलाई थप पुष्टि गरेको देखिन्छ। अदालतबाट दोषी ठहर भएमा सम्बन्धित सबै व्यक्ति भ्रष्टाचार निवारण ऐनअनुसार कानुनी दायरामा ल्याइनेछ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban