तेलजन्य अखाद्य पदार्थसहित मिनि ट्रक र चालक पक्राउ, करिब १० लाख बराबरको सामान बरामद

रातोघर

 २०८२ अषाढ २२, आईतबार  मा प्रकाशित
३७६ पाठक संख्या


सिमरा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ स्थित हलेसी पेट्रोल पम्प नजिकैको क्षेत्रबाट तेलजन्य अखाद्य पदार्थ सहित मिनि ट्रक र चालक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा आईतवार दिउँसो करिब ३ बजे ठुलो परिमाणमा अखाद्य पदार्थ नियन्त्रणमा लिएको हो ।

प्रहरीले जीतपुरसिमरा वडा नं.२२ बस्ने सुरेन आलेले सञ्चालन गर्दै आएको गाडी वास ग्यारेज पछाडि खाली ठाउँमा तेल ट्याङ्करबाट चोरी गरी बिक्री गरिँदै गरेको सूचनापछि छापा मारेको थियो। छापाका क्रममा ना १ क २८३६ नम्बरको मिनि ट्रकमा विभिन्न प्रकारका ७ हजार ९ सय ९५ लिटर तेलजन्य पदार्थ लोड गर्दै गरेका बारा, फत्तेपुर निवासी २१ वर्षीय सुवास चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय, सिमराका प्रमुख जोशी आएपछिका दिनहरूमा यस क्षेत्रमा शान्ति सुरक्षा र अनुसन्धानमा सक्रियता बढेको स्थानीयवासी बताउँछन् ।
कुल जम्मा रु. ९,७६,४५० बराबरको अखाद्य तेलजन्य पदार्थ र ट्रक बरामद गरिएको प्रहरीले जनाएको छ। हाल नियन्त्रणमा लिइएको ट्रक र चालक सहित घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बरामत समान र मुल्य के कति छन्?

५,७९५ लिटर बनस्पति जन्य तेल जस्तो देखिने अखाद्य पदार्थ

१००० लिटर क्षमताका ६ वटा ड्रम

१५ लिटर क्षमताका ५३ वटा ग्यालेन

अनुमानित मूल्यः रु. ६,३७,४५०

१००० लिटर पेट्रोल,

२०० लिटर क्षमताका ५ वटा ड्रम

अनुमानित मूल्यः रु. १,६२,०००

६०० लिटर डिजेल,

२०० लिटर क्षमताका ३ वटा ड्रम

अनुमानित मूल्यः रु. ८७,६००

६०० लिटर मट्टितेल,

२०० लिटर क्षमताका २ वटा ड्रम

१०० लिटर क्षमताको १ ड्रम

२० लिटर क्षमताका १५ वटा ग्यालेन

अनुमानित मूल्यः रु. ८९,४००

 

Write your Comment