

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सिलिङ सम्बन्धी छलफल अन्ततः सहमति सहित टुंगिएको छ । आइतबार साँझ ५ बजेबाट सुरु भएको बैठक राति ९ बजेसम्म नगर प्रमुख राजन पौडेलको कार्यकक्षमै बसेर बजेट सिलिङको विषयमा अन्तिम टुंगो लगाइएको हो ।
बजेट सिलिङ तय गर्नका लागि प्रमुख जनप्रतिनिधिहरू नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारी सहित वडाअध्यक्षहरु भोजबहादुर खत्री, हिरा गुरुङ, दिपेन्द्र चौधरी, संजय पटेल, रामप्रसाद लामिछाने, हरिदेव खरेल, चतुरबाबु वाग्ले, सुवास श्रेष्ठ, शेखर काजी रुम्बा र हेम नारायण चौधरी लगायतको सहभागिता थियो ।
चार घण्टासम्म चलेको लामो छलफलपछि सबै पक्षहरूबीच सहमति जुट्दा ४२ करोड बजेट बाँडफाँडको सिलिङ प्रक्रिया टुंगोमा पुगेको थियो । यससँगै जीतपुरसिमराको आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने अवस्था बनेको छ ।
नगरसभा स्थगित हुने वा अल्झिने अवस्था रहेको बेला उक्त सहमतिलाई राजनीतिक र प्रशासनिक दृष्टिले महत्वपूर्ण सफलता मानिएको छ । सहमतिपछि अब नगरपालिकाले निर्धारित समयभित्र बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
सहमतीको बिकल्प नभएको र जनप्रतिनिधीहरु बिच भएको सहमतीले नगरको विकासमा सहकार्य र हातेमालो हुने आशा तथा अपेक्षा स्थानिय गरेको प्रतिक्रियाहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
वडाको सिलिङ निधारणमा प्रयोग गरिएको आधार र सुत्र अनुसार कुन वडालाई कति बजेट पर्यो यो हेर्नुहोस ।






Write your Comment