सांसद सोविता गौतमको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदको रेकर्डबाट हटाउन माग

रातोघर

 २०८२ अषाढ २४, मंगलबार  मा प्रकाशित
३१३ पाठक संख्या


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्रीको विदेश भ्रमणसम्बन्धी दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले प्रधानमन्त्रीलाई लक्षित गर्दै “कपोकल्पित र भ्रामक” आरोप लगाएको भन्दै कडा आलोचना गरे। उनले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।

बर्तौलाले गौतमलाई सम्बोधन गर्दै भने, “प्रधानमन्त्रीको साथमा गएर को फर्किएन भन्ने प्रमाण संसदमार्फत नै पेस गर्नुस्,” भन्दै उनलाई प्रमाणसहित जानकारी दिन चुनौतीसमेत दिए।

उनको अभिव्यक्तिपछि सत्तारुढ माओवादी केन्द्रले पनि आपत्ति जनाएको छ। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विषय संसदमा उठेको भए त्यसको जवाफ सम्बन्धित मन्त्री वा प्रधानमन्त्रीले दिनुपर्ने बताए। उनले सांसदहरूकै जवाफलाई सदनको अपमानको रूपमा चित्रण गर्दै आलोचना गरे।

सदनको मर्यादा र प्रक्रियालाई लिएर उत्पन्न विवादले आगामी दिनमा पनि थप बहस जन्माउने देखिएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban