हिमालयन बैंकद्वारा निजगढमा चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रातोघर

 २०८२ अषाढ २५, बुधबार  मा प्रकाशित
२१६ पाठक संख्या


निजगढ (बारा) । निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीहरूलाई हिमालयन बैंक लिमिटेडले विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो विद्यालयका नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत ३५ जना चेपाङ विद्यार्थीहरूलाई शर्ट, पाइन्ट, जुत्ता, मोजा र स्कुल झोला (ब्याग) वितरण गरेको हो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य घलानले बैंकको सहयोगले विद्यार्थीहरूको आत्मविश्वास बढाउने तथा विद्यालयमा नियमित उपस्थिति कायम गर्न प्रेरणा दिने बताएका थिए।

सो अवसरमा हिमालयन बैंकका मधेस प्रदेश प्रमुख सागर कुमार रेग्मी, निजगढ शाखा प्रमुख सोम कार्की, रविन बराल, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban