

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध जनाएका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएपछि दुवै पार्टीका सांसदहरू उठेर आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।
विरोधका बीच सभामुख घिमिरेले रास्वपाकी सांसद सोविता गौतमलाई बोल्ने अनुमति दिएका छन्। गौतम अहिले संसदमा बोलिरहेकी छन्। बैठकमा उनीले के विषयमा धारणा राखिरहेकी हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।





Write your Comment