

जनकपुरधाम, धनुषा — सामाजिक सञ्जाल टिकटकमार्फत अश्लील शब्द र गाली गलौज गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका–२४ की अन्दाजी २० वर्षीया रोशनी खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार खातुनले टिकटकमा लगातार अभद्र भाषा प्रयोग गर्दै अश्लील सामग्री सार्वजनिक गरिरहेकी थिइन्। यही आरोपमा उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।





Write your Comment