‘उज्यालो नेपाल’ अभियान सकेर कुलमान घिसिङ स्वदेश फर्किए

रातोघर

 २०८२ अषाढ ३०, सोमबार  मा प्रकाशित
२४४ पाठक संख्या


काठमाडौं — ‘उज्यालो नेपाल’ अभियान लिएर मध्यपूर्व भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार राति स्वदेश फर्किएका छन्। प्रवासमा रहेका नेपालीहरूसँग साक्षात्कार तथा समर्थन बटुल्न उनी जुलाई २ देखि १३ सम्म बहराइन, युएई, ओमान र कतारको भ्रमणमा थिए।

बर्खास्तीपछिको राजनीतिक भविष्यको तयारीस्वरूप घिसिङले यो भ्रमणलाई प्रवासी नेपाली समुदायसँगको सम्वादको अवसरका रूपमा लिएका थिए। कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई गैरआवासीय नेपाली संघ (NRNA) का अध्यक्ष रमेश भट्टले बिदाइ गरेका थिए।

भ्रमणका क्रममा घिसिङले ‘उज्यालो संवाद कार्यक्रम २०२५’ लगायतका विभिन्न कार्यक्रमहरूलाई सम्बोधन गरे। उनीसँग मध्यपूर्वका नेपाली दूतावास तथा स्थानीय संघ-संस्थाहरूको समेत भेटघाट भएको थियो। नेपाली श्रमिकहरूले घिसिङ समक्ष रोजगार, श्रमशोषण, कानुनी अभावजस्ता समस्या राखेका थिए।

कार्यक्रममा बोल्दै घिसिङले विदेशमा काम गरेर विप्रेषण पठाउने नेपालीलाई सरकारले अपमानजनक व्यवहार गर्ने गरेको आरोप लगाए। उनले जनताले चाहेको खण्डमा नयाँ राजनीतिक दल खोल्न तयार रहेको तथा नभए पनि मुलधारको राजनीतिमा प्रवेश गर्ने इच्छा व्यक्त गरे। “तपाईंहरू जे गर्न भन्नुहुन्छ, म त्यो गर्न तयार छु,” घिसिङको भनाइ थियो। साथै, उनले देशको बदलिँदो राजनीतिको सिकार आफू बनेको दाबी पनि गरे।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban